बीमा प्रवद्र्धन र समस्या सुधारका लागि बीमा समिति के गर्दैछ ? पौडेलको जवाफ

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बीमाको पुहँच ३३ प्रतिशत पुर्याउन लक्ष्य लिएको छ । अहिले पनि बीमा पहुँचको अवस्था त्यस्तो नराम्रो छैन । पछिल्लो तथ्यांकहरू हेर्ने हो भने बीमाको पहुँच २७ प्रतिशत छ । अब बाँकी रहेको ६ प्रतिशतका लागि हामीले मेहनत गर्नुपर्छ । 

बीमा समितिले पछिल्लो समय बीमा कम्पनीको सुशासन, अस्वस्थ प्रतिस्पर्धा, उधारो बीमा, दाबी भुक्तानीमा हुने सुस्ततामा कडाई गरिरहेको छ । त्यस्तै, देशव्यापी रूपमा बीमाको प्रचार प्रसारमा पनि समिति जुटेको अवस्था छ ।

Advertisement

सोही प्रचार प्रसारकै क्रममा बीमा समिति अहिले २२–२३ वटा स्थानीय तहमा पुगिसकेको छ । यो बीमाको प्रचार प्रसार सुधारका लागि समितिले अपनाएको पछिल्लो रणनीति हो । बीमाको जनचेतना फैल्याउने कुरा भनेको अन्य प्रचारबाजी जस्तो मात्र नभई नितान्त रूपमा नागरिकको सहभागीता बढाउन र बीमाको गुणस्तर सुधार गर्न केन्द्रित हुने कुरा हो । 

बीमा सबैलाई आवश्यक भए पनि पहिले त बीमा के हो ? भन्ने कुरा बुझ्न जरूरी हुन्छ । त्यसपछि बीमा कसरी गर्ने ? र बीमाको औचित्य के हो ? भन्ने थाहा पाउँनु पर्छ । बीमा समिति अहिले त्यही बीमाको औचित्यमाथि प्रकाश पार्न जुटिरहेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । आगामी दिनमा नागरिकलाई बीमा के हो ? भन्ने कुरा प्रष्ट हुन्छ भन्ने उनको अपेक्षा छ । उनी भन्छन्, ‘जनताले बीमा बुझ्नुपर्छ भनेर यसको महत्व र वास्तविकतामाथि प्रकाश पार्न हामीले विशेष जोड दिएका छौं ।’

दावी भुक्तानीमा निगरानी बढाउदैं समिति
बीमा समितिले बीमितले पाउने दावी भुक्तानीको निगरानी पनि बढाईरहेको छ । जब दाबी भुक्तानी छिटो छरितो हुन्छ, तब बीमितलाई पनि बीमाप्रतिको विश्वास बढ्दै जान्छ । बीमाप्रतिको विश्वास बढ्दा बीमाको पहुँच आफै बढ्ने पौडेलको विश्लेषण छ । 

अस्वस्थ प्रतिस्पर्धा हटाउन जोड गर्दै समिति
अहिले बीमा समितिले बजारमा भएका अस्वस्थ प्रतिस्पर्धा हटाउन प्रयास गरिरहेको कार्यकारी निर्देशक पौडेल बताउँछन् । कम्पनीहरूले नै अस्वस्थ प्रतिस्पर्धाले काम गर्न गाह्रो भयो भनेपछि बीमा समितिले त्यसमा अध्ययन गर्न थालेको हो । बजारबाट अस्वस्थ प्रतिस्पर्धा हट्नु भनेको आफैमा बीमाको पहुँच वृद्धिलाई सघाउ पुग्ने कुरा पनि हो । बजारमा स्वस्थ प्रतिस्पर्धा स्थापित गर्दै कम्पनीहरूलाई अनुशासित ढंगले प्रतिस्पर्धामा लाने हाम्रो उद्देश्य छ । सोही उेद्दश्य पूरा गर्न समितिले कार्य योजना तय गरेको छ । 

उधारो बीमामा गरिएको कडाईले पहुँच वृद्धिमा सघाउ
समितिले बीमा कम्पनीहरूले गर्ने उधारो बीमा रोक्नुपर्ने भन्दै धेरै पटक निर्देशन दिइसकेको छ । ‘हामीले उधारो बीमा गरे–गराएको पाएमा सिधै कारबाही गर्ने पनि बताउँदै आएका छौं’, पौडेल भन्छन् । उधारो बीमा रोकिने कुराले बीमा क्षेत्रमा एउटा ठूलो हलचल समेत ल्याएको छ । 

उधारो बीमा रोकिँदाको प्रभावले बजार निकै स्वस्थ बन्दै जाने विश्वास पनि लिइएको छ । आगामी दिनमा सरकारले तोकेको ३३ प्रतिशतको पहुँच हाँसिल गर्न उधारो बीमामा गरिएको कडाई निकै सहयोगी बन्ने आशा लिइएको छ । उनी भन्छन्, ‘केही कम्पनी उधारो बीमामा समावेश भएकाले होला, धेरै जसो कम्पनी भने उधारो बीमा बन्द हुँदा निकै उत्साहित भएको हामीले पाएका छौं । त्यसैले म त सिधै भन्छु उधारो बीमा रोक्दा बीमाको पहुँच बढाउन निकै प्रोत्साहन मिलिरहेको छ ।’ण्

बीमा कम्पनीले सुशासनमा बसेर काम गर्नुपर्ने भन्दै समितिले त्यसको निगरानी बढाएको जनाएको छ । पौडेलले थपे, ‘अहिले बीमा समितिको मुख्य काम भनेको बीमाको प्रवद्र्धनमा जोड दिने नै हो । त्यही बीमाको प्रवद्र्धन गर्न बीमा समिति लागि परेको छ ।’

लघु बीमा र कृषि बीमाको दायरा बढाउन जोड
आगामी दिनमा बीमा समितिले कृषि बीमा र लघु बीमामा पनि जोड दिनेछ । बीमा क्षेत्रको महत्वपूर्ण हिस्सा ओगटनसक्ने कृषि र लघु बीमामा नागरिकको उत्साहजनक उपस्थिति छैन । बीमा समितिले अब लघु बीमा र कृषि बीमाको दायर बढाएर समग्र बीमाको पहुँच समेत वृद्धि गर्ने लक्ष्य लिएको छ । 

Advertisement

Advertisement