दशैं लागेसँगै वाणिज्य बैंकहरूमा तरलता बढ्यो, असोजमा ८४ अर्बको निक्षेप थपियो

Advertisement

काठमाडौं । दशैं लागेसँगै वाणिज्य बैंकहरूमा तरलता बढ्न थालेको छ । बैैंकहरूले कर्जाको तुलनामा निक्षेप बढाएका छन भने असोज लागेपछि निक्षेपमा पनि सुधार हुँदै गएको देखिन्छ । असार मसान्तको निक्षेपमा बल्ल असोज लागेपछि बैैंकहरू पुग्न थालेका छन् । बैंकहरूले दिने कर्जा पनि निक्षेपको तुलनामा सन्तुलतमा आउन थालेको छ ।

यस अघि बैंकहरूले निक्षेप नबढेपनि कर्जा मात्रै बढाएर बसेका कारण बैंकमा तरलता अभाव हुँदै गएको थियो । असोज लागेपछि भने बैंकहरूमा ८४ अर्ब रुपियाँ निक्षेप बढेको छ भने कर्जा प्रवाह ७० अर्ब मात्रै छ ।

Advertisement

असोज लागेपछि बैंकहरूले कर्जा भन्दो १४ अर्ब रुपियाँले निक्षेप बढाएको नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४१ खर्ब ७१ अर्ब रुपियाँको निक्षेप थियो । अहिले यस्तो निक्षेप बढेर ४२ अर्ब ५५ अर्ब पुगेको पनि देखिएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि ३८ अर्ब ७२ अर्बबाट ३९ खर्ब ४२ अर्ब पुगेको छ । यो तथ्यांक अनुसार वाणिज्य बैैंकहरूले प्रवाह गरेको कर्जा निक्षेपको तुलनामा कम भएको कारण पनि बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको नेपाल बैंकर्सं संघको भनाइ छ ।

संघको अनुसार असार मसान्तमा बैंकहरुमा ४२ खर्ब १ अर्ब रुपियाँ निक्षेप थियो । यस्तो निक्षेप चालू आव लागेपछि निरन्तर घट्दै गएको कारण बैंकिङ प्रणालीमा तरलता अभाव देखिएको थियो । असार मसान्तमा भएको बैंकिङ प्रणालीमा तरलता भने असोज १५ मात्रै पुगेको देखिन्छ ।

असोज १५ मा बैंकहरुमा ४२ खर्ब १८ अर्ब निक्षेप थियो भने २२ असोजसम्मा ४२ खर्ब ५५ अर्ब पुगेको छ । तथ्यांक अनुसार दशैं लागेपछि अर्थतन्त्र चलायमान हुन सुरु गरेको र सरकारी खर्च तथा आम नेपालीको खर्च बढेकोले पनि तरलता सहज भएको देखिएको हो ।
 

Advertisement

Advertisement