काठमाडौं सहरमा वा वाहिर जता मनाए पनि उस्तै लाग्छ दशैं: लम्साल
बसन्त लम्साल, अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ

Advertisement

बसन्त लम्साल

काठमाडौं । दशैं काठमाडौं सहरमा वा वाहिर जता मनाए पनि उस्तै लाग्ने नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्सालले बताएका छन् । उनले कर्पोरेट नेपालसँगको कुराकानीमा भनेका छन, कुनै विशेष कार्यक्रम नहुने र पारिवारिक सदस्यसँग बसेर सामान्य रूपमा मात्रै दशैंमा मनाउने गरेको छु । दशैंका लागि भने कुनै नयाँ विशेष कार्यक्रम वा घुमघाम भन्ने छैन् ।

Advertisement

मैले काम गर्ने कार्यालय विजल लघुवित्तको कार्यालय पूर्वी नवलपरासीमा रहेकोले यतै बस्ने र दशैं मनाउने गर्छु । मेरो परिवार पनि चितवनतिरै भएकोले यो पटकको दशैं पनि चितवनतिर नै हुन्छ । गत वर्ष कोभिड–१९ को असर बढेको थियो भने बाहिरफेर कहीँ कतै घुम्न निस्कन वा आफन्तकोमा पनि जान नसक्ने वातावरण बनेको थियो ।

यो वर्ष कोभिड अलि कम भएको छ । सचेत हुँदै दशैैं मनाउनुपर्ने भएको छ । यो वर्ष पनि दशैं धुमधाम  नभए पनि सतर्क हुँदै मनाउन चाहिँ सकिन्छ । आफन्तसँग भेटघाट गर्ने, परिवारसँगै बस्ने र काठमाडौं बाहिरै दशैं मनाउँदै छु । म आवद्ध संस्थाको कार्यालय नवलपुर भएको र आफन्त पनि नजिकै भएकोले पनि मेरो दशैं चितवनमै हुन्छ । भरतपुर घर भएपनि बसाई भने काठमाडौंतिर पनि हुन्छ । अहिले नवलपुरतिर छु ।

कार्यालयको काम विशेषले नवलपुरतिरै बस्ने हुँदा परिवार पनि यतै छन् । दशैंका टीका थाप्न दाईसँग, काकोमा र ससुराली घर जान्छु । काठमाडौं बस्दा भने दशैंमा टीका थाप्न चितवन आउनुपर्ने हुन्थ्यो । दाजु काठमाडौं हुँदा चितवतबाट काठमाडौं पनि आउने गरेको छु । अहिले चाहिँ ठूलो दाईको घर चितवनमै भएकोले म यो पटकको दशैं चितवनतिरै मनाउने छु । (लम्सालसँग कर्पोरेट नेपालले गरेको कुराकानीमा आधारित)
 

Advertisement

Advertisement