निफ्राको लाभांश परिमार्जन, अब नगद होइन बोनस शेयरमात्रै दिने

Advertisement

काठमाडौँ । नेपाल एन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । 

असोज ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आव २०७७÷७८ को नाफा मध्येबाट ८.५ प्रतिशत नगद लाभांश(करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको थियो । 

Advertisement

तर राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम २० अर्ब चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र उक्त शेयरमा लाग्ने कर बापत ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपियाँ नगद लाभांश प्रस्ताव गर्न निर्देशन दिए पछि सोही अनुसार स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको कम्पनी सचिव इश्वरबन्धु गौतमले जनाएका छन् । 

राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने छ । 
 

Advertisement

Advertisement