कसरी बित्दैछ मुक्तिनाथ विकास बैंकका सीईओको दशैं विदा ?

Advertisement

प्रद्युम्न पोखरेल

काठमाडौं । यस पटक दशैंका विदामा बाहिरफेर घुम्न जान्न । घरमै बसेको छु । दशैं काठमाडौंमा नै मनाउछु । दशैंको बेला घरमा बस्दा मेरो समय चाहीं विशेषगरी पठनपाठनमै बित्नेको छ । यो समय भनेको लामो विदा हुने भएकोले आफन्त र साथीभाईसँगको भेटघाटको गर्ने, आफन्तजन र परिवारलाई दिने समय पनि हो । अरु बेला फुर्सद नहुने र भेटघाट गर्न जान पनि नभ्याइने हुन्छ । यो बेला भनेको सबैको फुर्सद हुने समय भएकोले साथीभाई भेटघाट र आफन्तजनलाई दिने समय दिइरहेको छ । तर, मलाई भने अध्ययनमा रुची हुँदा घरमा बस्ने र त्यसैमा समय बित्दैछ । 

Advertisement

दशैंका विदामा बिहानको समय ध्यान तथा शारीरिक कसरतमा नै बित्ने गर्छ । बाँकी अधिकांश समय भने अध्ययनमा उपयोग हुन्छ । घर बस्दा अरु काम नहुने, बाहिर डुल्न पनि मन नलाग्ने र अध्ययनमा रुची हुने भएकोले बैंकिङ व्यवस्थापन, जीवनी तथा अर्थतन्त्रसँग सम्बन्धित पुस्तक पढ्दै छु । यस पटकको दशैंमा पनि मैले भारतीय लेखकको बैंकिङ सम्बन्धि पुस्तक पढेको छु । बैंकिङ व्यवस्थापनसँग सम्बन्धित पुस्तकमा मलाई विशेष रुची छ । अभिजित बनर्जीको गुड इकोनोमिक फर हार्ड टाइम्स पनि मलाई पढ्न रुची लाग्ने पुस्तक हो । यो पुस्तक पनि यस पटक हेर्दैछु । 

विदाको समयमा अध्ययन गर्दा समय बितेको पत्तो हुँदैन् भने आफ्नो रुचीको विषय पनि पूरा हुन्छ । छुट्टिको समयमा मलाई बाहिर निस्कनभन्दा पनि घरै बस्नु मन लाग्छ । विदाको समयमा घुम्नु राम्रो भए पनि अहिलेको महामारीको समय छ । यो बेला बाहिरफेर घुम्नुभन्दा घरमै बस्नु र ज्ञानगुणका कुरा सिक्नु राम्रो हो । त्यसैले म यो दशैंको विदामा बाहिरफेर निस्कन मन लागेन । अन्य समय त घुमघाम भइरहेको हुन्छ । कार्यालयको कामले दौडधूप भइरहेको हुन्छ । 

अध्ययनका अतिरिक्त मलाइ लेख्न पनि रुची लाग्छ । बेलाबेलामा अर्थतन्त्रका विषयमा लेख्न रुचाउँछु । लेख्ने रुची म अर्थतन्त्रकै विषयमा लेख लेखर पूरा गर्ने गरेको छु । लेख लेख्ने भन्ने विषय सोचेर यो विषयमा लेख्छु भन्ने चाहिँ नहुँदो रहेछ । कहिलेकाहीँ कुनै विषयवस्तु आउँदा मनमा लाग्यो भने त्यसैलाई लेख्ने पनि गरेको छु ।

(पोखरेलसँग कर्पोरेट नेपालले गरेको कुराकानीमा आधारित, उनी मुक्तिनाथ विकास बैंकका सीईओ तथा डेभलपमेन्ट बैंकर्स एशोसियशनका अध्यक्ष हुन्) 

Advertisement

Advertisement