महामारीपछिको घुमाई देशभित्रै, पर्यटक तान्न यसरी गर्नुपर्छ गन्तव्य प्रवर्द्धन

Advertisement

दीपकराज जोशी
काठमाडौं । दशैंमा हरेक वर्ष आउटबाउण्ड टूर बढ्ने गरेको भए पनि पछिल्लो दुई वर्षदेखि नेपाल बाहिर घुम्ने काम ठप्प छ । महामारीले आउटबाउण्ड टूर संसारभरी नै करिब ठप्प हुन पुग्यो । नेपालबाट पनि बाहिरफेर घुम्न जाने संस्कृति बढ्ने गएको थियो । वार्षिक १३ लाख नेपाली घुम्ने उद्देश्यले नै विदेश जाने गरेका थिए । 

पछिल्लो समय नेपालबाट पनि आउटबाउण्डमा जानेको संख्या उल्लेख्य नै हुँदै गएको थियो । तर महमारीपछि भने सजिलै आउटबाटण्डमा जाने अवस्था भएन् । आउटबाउण्डमा नजाँदा पनि घुम्ने बानी लागेका नेपाली भने आन्तरिक गन्तव्य पुगि नै रहेका छन् । आउटबाउन्ण्डमा पुग्न नपाए पनि इनबाउण्ड (नेपाल भित्रै) रमाउनेको जमात पनि ठूलो छ ।

Advertisement

बाहिर जाने समूदाय नेपालभित्रै खुम्चनु परेका कारण ती व्यक्तिहरू नेपाल भित्रकै गन्तव्यमा रमाउन थाले । नेपालमा पछिल्लो समय बन्जी, ट्रेकिङ, प्याराग्लाइडिङ, जंगल सफारिससहितको गतिविधिमा रमाउन सकिने भएको छ । नेपाली समूदायले पर्यटनभित्र पनि विविधताको गन्तव्य खोज्ने थाल्नु र साहसिक गन्तव्यले त्यसलाइ पूर्ति गर्दै जानु सकारात्मक पाटो पनि हो । एक पटक घुम्न नगएका नेपालीले गन्तव्यमा पुगेपछि नेपालमै भएको मनोरम दृष्यमा रमाउने र अरुलाई पनि घुम्ने सुझाव दिने गर्छन् । नयाँ पूर्वाधार बन्दै गएकोले आन्तरिक घुमघाममा रमाउने नागरिकहरूबाटै नेपालको प्रवद्र्धन पनि हुने गरेको छ । 

बाहिर जाने समूदाय नेपाल भित्रै घुम्न थाले
बाहिर जाने ठूलो समूदाय बाहिर नखुलेसम्म नेपालभित्रै रमाउने छन् । यसले गर्दा भोलि अन्तर्राष्ट्रिय गन्तव्य खुला भए पनि नेपालभित्रै  घुम्ने समूदायको विकास भने पक्कै भएको हुने छ । पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि आन्तरिक गन्तव्य घुम्ने, सामाजिक सञ्जालमा फोटो पोस्ट्याउने संस्कृतिको विकास भएको छ । डिजिटल मिडियाले पनि आन्तरिक गन्तव्यको प्रवद्र्धन गरिरहेका छन भने घुम्न जाने नेपालीलाई थप प्रोत्साहन गरिरहेको छ ।

आउट बाउण्ड खुलेपछि फेरि बाहिर जाने समूदाय पुनः जान्छन् तर बाहिर जान नपाएका कारण घुम्ने छोडेको भन्ने चाहिँ छैन् ।  बाहिर जान नपाएको समूदाय समूह सानो हुनसक्छ तर ती नेपालभित्रै घुमिरहेका छन् । बर्षमा एकपटक नेपाल बाहिर जाने समूदाय अहिले अन्तरिक गन्तव्यका प्रमुख ठाउँदेखि नयाँ गन्तव्यसम्म पुगिरहेका छन् । नेपाली समूदाय अहिले नयाँ र सहज ठाँउमा जान रुचाएका छन् ।

अहिले नेपाली समूदाय घुम्न थालेकोले आन्तरिक गन्तव्यको एक्स्प्लोर गर्ने बेला पनि हो । दशैंमा लामो विदा हुने, दशैंदेखि तिहारसम्म नै विद्यालयहरूमा विदा हुने हुँदा सोही समयलाई सदूपयोग गर्ने अभिभावकसहतिलाई यो बेला घुम्ने मुख्य सिजन पनि नै हो । नेपाल बाहिर जाने नेपाली भित्र घुम्नु, बाहिरबाट  आएका पर्यटक घुम्न जाने र नयाँ पर्यटकलाई दृष्टिगत गरेर गन्तव्य प्रवद्र्धन गर्ने बेला पनि अहिले नै हो ।

आन्तरिक गन्तव्यमा जाने पर्यटकको संस्कृति परिवर्तन पनि भएको छ । बाहिर जाने नेपाली भित्रै घुम्न थालेका छन् । आन्तरिक पर्यटकले नै नयाँ गन्तव्य खोजिरहेका छन् । त्यसैले अहिले महामारीको बेला भएकोले भिडभाड नहुने हुँदा स्थापित गन्तव्यमा नै जान रुचाउने छन् । अन्नपूर्ण, पोखरा, चितवनसहितका गन्तव्य सहजै पुग्न सकिने भएको यी क्षेत्र रुचाउने जमात पनि ठूलै छ । यही बेला नयाँ गन्तव्यमा जानुपर्छ भनेर भर्खर तयार भएका, पूर्वाधारको विकास हुँदै गरेका गन्तव्यमा पनि जान चाहनेको रुची बढेको पाइन्छ । इलाम, बर्दिया, शुल्लाफाँटा, गोरखा, डोल्पा, रारासहित धेरै गन्तव्यमा जाने नेपाली विस्तारै बढ्दै छन् । ती गन्तव्यमा जान रुचाउने, सोधपुछ गर्ने र छाटो समयको तयारीमा नै हिडिहाल्ने जमात पनि बढिरहेको छ । 

आन्तरिक गन्तव्यको प्रवद्र्धन बढाउनुपर्छ
बाहिर जान नपाउँदा नेपालीलले आन्तरिक गन्तव्य नै घुम्न थालेको, नेपालमै भएको गन्तव्य रुचाएका छन् । यही भएका कतिपय गन्तव्य धेरैलाई थाहै नभएको पनि छ । यसका लागि आन्तरिक गन्तव्यको प्रवद्र्धन बढाउनुपर्छ । कुनै अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने नेपाली वा विदेशी पर्यटकलाई रारा जान मन लाग्यो भने त्यहाँ राम्रो बस्ने खाने ठाउँ छैन भन्ने भ्रम छ । त्यो भ्रम जति प्रवद्र्धन भयो त्यति छिटो चिरिन्छ ।

त्यो गन्तव्यमा पुगेर आएकोले राम्रो छ भनिदिएको भरमा गइहाल्ने जमात पनि थुप्रै छन् । पछिल्ला दिनमा स्थानीय होटल नभएपछि ट्रेकिङ कम्पनीले क्याम्पिङ टे«किङ गराउन सक्छन भनेर बुझ्नेको जमात पनि नेपालीहरूमा धेरै नै छ । विदेशी पर्यटकको ग्ल्यामर क्याम्पिङ, ९ग्ल्याम्पिङ० गर्ने सुविधा लिइरहेका छन । यो सुविधा पछिल्लो समय नेपाली मार्केटमा पनि चलेको पाइन्छ ।  एकपटक पुगेपछि फेरि त्यो ठाउँमा जानेको संख्या बढ्दै गएको पनि छ ।

उदारहणका लागि पछिल्लो समय स्पा पर्यटन फस्टाउँदै छ । यहाँ एकपटक गएपछि फेरि दोहोराएर जाने पर्यटक पनि बढ्ने गरेको छ । वेलनेस, स्पा, साउन, ज्याकुजी रुचाउने पर्यटकमा नेपालीको जमात पनि बढेको देखिन्छ । आन्तरिक गतिविधि पनि त्यस्तै हो । एकपटक गएपनि सुविधा, सेवामा सन्तुष्ट हुने छन् । त्यस्ता गन्तव्यमा जाने पूर्वाधारमा पनि सुधार हुँदै गएको छ । आन्तरिक पर्यटकनका लागि काठमाडौं मात्रै स्रोत बजार भएको छैन् । अन्य सहरबाट पनि घुम्नेको सख्ंया बढेको छ ।

हुन त पैसाको पहुँच बढेकोले पनि घुम्ने संस्कृतिको विकास भएको पाइन्छ । जस्तो बर्दियामा धनगढी, सुर्खेत, नेपालगन्जसहितका सहरी गन्तव्यबाट पनि घुम्न आएका छन् भने इलाममा विराटनगर, झापातिरबाट पनि घुम्न जाने गरेका छन् । आन्तरिक पर्यटनका लागि नेपाली सहर नै स्रोत बजार भएको छ । महामारीपछि  विकास भएको यस्तो बजारले पर्यटनमा सकारात्मक सन्देश पनि प्रवाह गरेको छ ।

आन्तरिक गन्तव्य प्रवद्र्धन गर्नुपर्छ, वातावरण बनाइदिने, सेवा सुविधाको जानकारी दिने र केही कार्यक्रम गरेर प्रोत्साहन गर्नु पनि जरुरी छ । आन्तरिक पर्यटकको रुचीको विषय भनेको आन्तरिक गन्तव्यमा पुगेपछि पनि खानपानमै बढी हुन्छ । त्यसैले नेपाली घुम्न जाँदा विदेशीको तुलनामा बढी खर्च गर्ने र हुने पनि गरेको छ ।

यसका साथै अब खानपानमा मात्रै नभएर गतिविधिमा खर्च गर्ने विषयमा पनि प्रवद्र्धन गर्नुपर्छ । जसले गर्दा अर्थतन्त्रलाई पनि चलायमान बनाउन सक्छ । यसका लागि हाम्रा पर्यटनको तालुक निकायले प्रवद्र्धन गर्ने, प्रोत्साहन गर्ने, गन्तव्यको पहिचान गर्ने र वातावारण बनाउने हो भने आन्तरिक पर्यटनक बढाउन सकिन्छ । 

(नेपाल पर्यटन बोर्डका पूर्वसीईओ जोशीसँग गरिएको कुराकानीमा आधारित) 
 

Advertisement

Advertisement