नेप्सेले तीन सेक्युरिटिज कम्पनीलाई पत्र पठाउँदै भन्यो- किन कारवाही नगर्ने ?

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले विभिन्न ३ वटा सेक्युरिटिज कम्पनीलाई स्पष्टिकरण सोधेको छ । 

नेप्सेले सुमेरु सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र नासा सेक्युरिटिजलाई स्पष्टिकरण सोधेको हो ।

Advertisement

ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको हुँदा धितोपत्र बजार सदस्यता तथा कारोबार बिनियमावली २०५५ को विनियम १२(१) झ मा उल्लेखित प्रावधान अनुसार स्पष्टिकरण सोधिएको नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् । 

‘झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुँदा किन कारवाही नगर्ने ? सो को ७ दिन भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्नू’– नेप्सेको पत्रमा उल्लेख छ ।   
 

Advertisement

Advertisement