राष्ट्र बैंकका हाकिमहरुको दशैंः गभर्नर एकान्तवासमा, डेपुटी गभर्नरहरु घुमघाममा

Advertisement

काठमाडौं । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी हामीले उनीहरुसँग यस विषयमा जिज्ञासा राखेका थियौं । 

कोरोना रिपोर्ट कुर्दै गभर्नर
दशैंको अघिल्लो दिनसम्म कोरोना नेगेटिभको रिपोर्ट कुर्दै बसेको छु । यो बर्ष दशैंको मुखमा कोरोना पोजेटिभ भएकोले आफैं सुरक्षित भएर आइसोलेशन (एकान्तवास)मा बसेको छु । सतर्कता अपनाउने, भेटघाट नगर्ने र कोभिडबाट अरुलाई बचाउन सतर्क गराउँदै छु  । यो वर्षको दशैं कतै घुमघाम हुने र बाहिर फेर जाने भन्ने छैन् । कोरोना पोजेटिभ भएकोले यसले दिएको तनावको व्यवस्थापन यो वर्षको दशैंको फुर्सदमा हुने अपेक्षा गरेर बसिरहेको छु । (अपडेटः गभर्नर अधिकारीको रिपोर्ट नेगेटिभ आएको छ)

Advertisement

टीकाको भोलिपल्ट पोखरामा जाने डेपुटी गभर्नर ढुंगानाको तयारी
दशैंमा सबै नेपालीको जस्तै मेरो पनि सामान्य रूपमा मिठो पकाउने खाने नै हुन्छ । घरमा परिवारका सबै जना भेला हुने रमाउने, पकाउने खानेमै बित्छ । गत वर्षभन्दा यो वर्ष कोरोनाको महामारी कम भएको छ भने हिँडडुल पनि खुकुलो भएको छ । त्यसैले काठमाडौंमा नै दशैं मनाउँछु । दशैं यही मनाउने भएकोले अमेरिकाबाट छोरी ज्वाईं समेत आउनुभएको छ । यो वर्षको दशैंमा टीकाटालो गर्ने र टीकाको भोलिपल्ट घुमघामका लागि पोखरामा जाने कार्यक्रम छ ।

दशैंको विदा परिवारिक भेटघाटमा बिताउँदै डेपुटी गभर्नर मिश्र 
दशैं विदाको समय पूरै पारिवारिक भेटघाटमा मात्रै सीमित हुने छ । आमाबुबाको आर्शिवाद लिन दशैं विदा सुरु भएसँगै झापाको दमक आएको छु । दशैं विदा सकिएपछि मात्रै फर्कन्छु । परिवारसँग बस्ने, रमाउने, आमा बुवाको हातको टीका ग्रहण गर्ने र साथीभाईसँग भेटघाट मात्रैमा दशैं सीमित हुनेछ । स्कुलदेखि कलेजसम्मका साथीभाई भेट हुने बेला पनि दशैं नै हो । दशैंमा टीका ग्रहण गर्न धरान ससुराली घर पनि जाने छु । घुम्नजाने समय अघिपछि पनि हुन्छ ।

विगतका वर्षहरूमा कार्यालयको कामले जाने बाहेक दशैंमा आउड बाउण्ड टूर भने जाने गरेको छैन् । यो वर्ष त महामारीले बाहिरफेर घुम्न निस्कन सचेत हुनुपर्ने भएकोले गाउँघरमै बसेर दशैं मनाइन्छ ।

Advertisement

Advertisement