चाडपर्वमा कुन बैंकको कस्तो अफर ?

Advertisement

काठमाडौँ । कोभिड १९ महामारी नियन्त्रण गर्न सरकारले लगाउँदै आएको निषेधाज्ञा खुलेपछि बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको चाप पर्न थालेको छ । खासगरी निक्षेप संकलनमा उल्लेख्य आकर्षण नदेखिएपछि बैंकहरूले निक्षेप आकर्षित गर्न सक्दो प्रयास गरिरहेका छन् । 

हरेक वर्षजस्तै यस वर्ष पनि बैंकहरूले ग्राहकलाई लक्षित गर्दै अफरहरू सार्वजनिक गरिरहेका छन् । निक्षेप आकर्षित गर्न उपहार जस्ता कार्यक्रम गर्न नेपाल राष्ट्र बैंकले रोकेको छ । तर बैंकहरूले चाडपर्व लक्षित गर्दै विभिन्न छुट सुविधा अफरहरू सार्वजनिक गरेका छन् ।

Advertisement

यस्ता छ बैंकहरूको अफर

नबिल दशैं धमाका
दसैंको अवसरमा नबिल बैंकले आफ्ना ग्राहकका लागि ‘नबिल दशैं धमाका’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरे बापत क्यासब्याक पाउन सक्नेछन् ।
यस्तै यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ । यो अफर घटस्थापनाको दिन लागू हुनेछ ।

बैंकका अनुसार यो अफरमा किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सयसम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याकको अफर लिन बैंकले आग्रह गरेको छ ।

एनआईसी एशिया बैंकको डिजिटल दशैं योजना
एनआई सी एशिया बैंकको डिजिटल दशैं योजनाअनुसार सबैभन्दा धेरै डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशत सम्म क्यासब्याकको अफर छ ।

समयअनुरुप ग्राहकमैत्री योजना ल्याउँदै गतिशील बैंकिङको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ । 

ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

यस बैंकले असोज २१ देखि कात्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५० रुपियाँ, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम १२५ रुपियाँ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम २५० रुपियाँसम्म क्यासब्याक अफर छ । 

त्यसैगरी एनआईसी एशियाले नगद कारोबारबाट ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई असोज २१ देखि कात्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई पल्सोनिकको तर्फबाट ३२ इन्च टिभी, सिजिको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गैया होलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकुक साराङको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथीमार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई एक हजार रुपियाँको सपिङ भौचर, अर्चिड ग्रुपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी पाँच हजार रुपियाँ भन्दा बढिको खरिदमा पाँच सय रुपियाँ बराबरको गिफ्ट भौचर र अवेइको तर्फबाट एक जनालाई इयरबड प्रदान गरिनेछ ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला मर्चेन्टहरूमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ ।

मेगा बैंकको विशेष फेस्टिभल अफर 
मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । 

मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो । 

यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ । असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यसैगरी, चाडपर्वभर मेगा बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । चाडपर्वको उपहार स्वरुप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आग्रहहरुलाई अनुरोध गरेको छ । 

सानिमाको ‘बिग डिल एट सस्तो डिल’ योजना
बैंकका अनुसार अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २ हजार ५ सय रुपियाँसम्म छुट प्राप्त गर्ने योजना १०—१५ असोजसम्म लागू  भएको थियो ।

ईसेवाको अफर
भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैं र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत बम्पर उपहारमा सय रुपियाँको कारोबार गर्दा स्कुटर जित्न सकिने छ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिने कम्पनीले जनाएको छ ।

यसका साथै ईसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने जनाइएको छ । त्यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् । कम्पनीले दशैं र तिहारका लागि छुट्टा छुट्टै क्याम्पेन पनि ल्याएको छ ।

जसमा सेण्ड मनी दशैं र तिहार क्याम्पेन रहेको छ । जसमा सेण्ड मनी दशैं क्याम्पेनमा पाँच सय जनाले पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेण्ड मनि तिहार योजनामा पनि पाँच सय जनाले नै पाँच सय रुपैयाँ डिजिटल दक्षिणा प्राप्त गर्ने छन् ।

यस्तै फ्ल्यास अफर अन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपियाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ । यो योजना सोमबार देखी आउँदो १३ अक्टोबरसम्म लागू हुनेछ । यस्तै एयरलाइन्स् योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बरबाटै सुरु भएको हो भने, आउँदा १२ अक्टोबरसम्म लागु हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement