आईपीएलको उपाधि चौंथो पटक चेन्नाइलाई

Advertisement

काठमाडौं । यस पटकको इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नाइ सुपर किंग्सले जितेको छ । निकै महंगो प्रतियोगिताको रुपमा चिनिएको यस प्रतियोगिताको उपाधि गए राति चेन्नाइले हात पारेको हो । 

दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचाल्न सफल भएको छ । यो क्लब महेन्द्र सिंह धोनी नेतृत्वको हो । यो यससँगै चेन्नाइले चौथो पटक उपाधि जित्न सफल छ । 

Advertisement

शुक्रबार भएको फाइनल खेलमा कोलकातासामु १९३ रनको विजय लक्ष्य रहेकोमा उसले पूरै २० ओभर खेल्दा १६५ रन मात्र बनाएपछि चेन्नाईले उपाधि हात पार्न सकेको हो । 

Advertisement

Advertisement