रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा

Advertisement

एजेन्सी/म्याड्रिड । खेलको अन्तिममा जुलेन लोबेटले निर्णायक गोल गरेपछि रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमिति सोसिडाडले मालोर्कालाई १–० गोलले हरायो । रोमाञ्चक खेलमा सोसिडाडले ९०औं मिनेटमा गोल गरेको थियो । जुलेन लोबेटले मार्टिन जुविमेन्डीको पासमा गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए ।

Advertisement

सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । तर मालोर्काले त्यसको फाइदा उठाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । दुवै टोलीले ५० प्रतिशत बल पोसेसन राखेपनि सोसिडाडले अन्तिम समयमा गोल गर्न सकेको थियो । खेलभर सोडिसाडले १० वटा पोस्ट प्रहार गरेको थियो । मालोर्काले सात वटा पोस्ट प्रहार गरेपनि सफल हुन सकेन । सोसिडाडका माइकल मेरिनो ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै सोसिडाडले शीर्षस्थान कब्जा गरेको छ । सोसिडाडको नौ खेलबाट २० अंक पुगेको छ । एक खेल कम खेलेकोे रियल म्याड्रिड र साविक विजेता एट्लेटिको म्याड्रिड १७ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । सोसिडाडसँग पराजित मालोर्का ११ अंकसहित १२औं स्थानमा छ ।

शनिबार रातिनै भएको अर्को खेलमा लिभान्ते र गेटाफेले गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । जारी सिजन खराव नतिजाबाट गुज्रिएको लिभान्ते र गेटाफेले रेलिगेसन जोन छल्न सकेको छैन । पाँच अंक बनाएको लिभान्ते १८औं स्थानमा छ । दुई अंकमा सिमित गेटाफे तालिकाको अन्तिममा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement