बढ्यो दशैँ बिदापछिको शेयर बजार, नबिल बैंकको उच्च कारोबार

Advertisement

काठमाडौँ । दशैँ बिदापछि खुलेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ह्वात्तै घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १७.५९ अंकले बढेको हो । ०.६७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६५६.९६ अंकमा उक्लिएको छ । 

Advertisement

आज २१८ कम्पनीका ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन आज म्युचुअल फण्ड बाहेक सबै समूह बढेका छन् । म्युचुअल फण्ड ०.११ अंकले घट्दा सबैभन्दा बढी निर्जीबन बीमा समूह १२२.४७ अंकले बढेको हो । 

बजार बढेको दिन आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा बढी ६.९७ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी हिमालय उर्जाका लगानीकर्ताले ५.०६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ४.८६ प्रतिशतले नाफा कमाएका छन् ।

नेप्सेका अनुसार आज नबिल बैंकको उच्च कारोबार भएको छ । नबिलको ८ करोड ३२ लाख ६७ हजार २ सय १४.७० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।  

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा उक्त रकम पनि घट्दै आएको छ । 

Advertisement

Advertisement