गुराँस लाइफको सीईओमा विपिनकुमार नियुक्त

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विपिनकुमार लाल नियुक्त भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई चार बर्षका लागि नियुक्त गरेको हो ।

यसअघि उक्त कम्पनीको सीईओ रहेको नारायण भट्टराईप्रति सञ्चालक समिति सन्तुष्ट नरहेका कारण भट्टराईले दशैंको मुखमा राजीनामा दिन बाध्य भएका थिए । 

Advertisement

कम्पनी सचिव बोधलाल पूरीले नयाँ सीईओ नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)लाई दिएका छन् । 

लालसँग जीवन बीमा कम्पनीमा काम गरेको करिब दुई दशक लामो अुनभव छ । 

Advertisement

Advertisement