भारतीय बीमा बजारमा निर्जीवनतर्फको हिस्सा कमजोर बन्दै, शेयर बजारका खेलाडीलाई चुनौती

Advertisement

काठमाडौं । भारतीय बीमा बजारमा निर्जीवन बीमातर्फको हिस्सामा निकै कमी आएको छ । कम्पनीहरुले मोटर बीमातर्फको शेयर हिस्सा गुमाउन थालेका छन् जसको नकारात्मक परिणाम छोटो समयमै देखापरेको उनीहरु स्वीकार गर्छन् । 

पछिल्लो तीन आर्थिक वर्षमा मोटर बीमामा बीमा कम्पनीहरु कमजोर बन्दै गएका हुन् । अहिले सार्वजनिक क्षेत्रबाट हुने गरेको निर्जीवन बीमाको हिस्सा ३० प्रतिशतले घटेको छ । 

Advertisement

यद्यपि यो हिस्सामा पुनः वृद्धि हुने आशा सरोकारवालाको छ । मोटर बीमामा सार्वजनिक क्षेत्रमा जेनरल इन्स्योरेन्समा मुख्य रूपमा कमी आएको देखिन्छ । केयर रेटिङको तथ्यांकअनुसार यो नतिजा देखिएको हो ।

तेस्रो पक्ष बीमाको पनि हिस्सा गुम्दै
भारतमा तेस्रो पक्ष (थर्ड पार्टी) बीमाको हिस्सा विगतमा राम्रो रहे पनि हाल पूरानो रेकर्डमा व्यापक फेरबदल भएको पाइएको छ । विगतमा सर्वजनिक सवारीको तेस्रो पक्ष बीमाको मार्केट शेयर ५२.७ प्रतिशत रहेको थियो ।

यो हिस्सा निजी सवारीको तुलनामा निकै धेरै मानिन्छ । तेस्रो पक्ष बीमाको संख्या पनि अहिले गुम्न पुगेको छ । गएको एक वर्षमा मात्रै मोटर बीमाको हिस्सामा कमी आएको हो । यसले भारतीय बीमा बजारलाई ठूलो असर गर्नसक्ने बीमा क्षेत्रका जानकारहरूको अनुमान छ । 

गएको आर्थिक वर्षमा निर्जीवन बीमामा सार्वजनिक क्षेत्रतर्फको शेयर ३९.७ प्रतिशत रहेको थियो भने निजी तर्फ ६०.३ रहेको थियो । गएको अगस्टमा सार्वजनिक क्षेत्रको हिस्सा घटेर ३८.३ प्रतिशतमा झरेको छ । जबकी अगस्ट २०२० मा यो हिस्सा ४२.३ प्रतिशत थियो । त्यस्तै, निजी क्षेत्रतर्फ भने २०२१ म ६५.१७ प्रतिशत र २०२० मा ५७.७ प्रतिश कायम रहेको थियो ।

सार्वजनिक क्षेत्रका शेयर खेलाडीलाई चुनौती 
अहिले भारतमा सार्वजनिक क्षेत्रका शेयर खेलाडीका लागि चुनौतीपूर्ण समय देखापरेको छ । सोही समयलाई उनीहरूले उपयोग गरेमा लगानीकर्ता तथा बीमा बजार दुवैलाई फाइदा पुग्ने जानकारहरूको विश्लेषण छ । 

अहिले मोटर टीपी (थर्ड पार्टी) खण्ड नै समग्रमा मोटर बीमाको वृद्धिमा प्रभाव पार्ने मुख्य खण्डको रूपमा स्थापित भएको छ । 

यस्तो छ भारतीय मोटर बीमाको तथ्यांक 
भारतीय बीमा कम्पनीले तयार पारेको तथ्यांकअनुसार भारतमा गत २०१९ मार्च मा २३ करोड १२ लाख सवारी सडकमा रहेका छन् । त्यसमध्ये ५७ प्रतिशत सवारीको भने बीमा भएको छैन् । मुख्यतया दुई पाङ्ग्रे सवारी बीमाको पुहँच बाहिर रहेको तथ्य भारतीय बीमा कम्पनीले सार्वजनिक गरेका छन् । 

दुई पाङ्ग्रे सवारीकै हकमा कुरा गर्दा ६० प्रतिशत सवारी बीमाको पहुँच बाहिर रहेको तथ्यांक छ । त्यस्तै, १० प्रतिशत चार पाङ्ग्रे सवारी मात्रै बीमाको पहुँच बाहिर रहेको तथ्यांकमा देखिन्छ ।  कोरोना महामारीको प्रभावका कारण भारतीय निर्जीवन बीमा कम्पनीको आम्दानीमा कमी आएको हो । कमी आएको समयमा पनि महाराष्ट्र प्रदेशले भने आफूलाई मोटर बीमामा अब्बल राख्न मेहनत गरेको छ । 

भारतीय बीमा कम्पनीले भने महामारी तथा अभावकै समयमा पनि करिब छदेखि आठ प्रतिशतसम्मले आफ्नो आम्दानी बढाउने र अटो सेलमा जोड दिने अपेक्षा राखेका छन् ।

स्रोतः द इकोनोमिक्स टाइम्स इण्डिया

Advertisement

Advertisement