महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम रौतहटको कटहरियामा

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट जिल्लाको कटहरीया नगरपालिकामा ‘युवा संग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । 

गत असोज ३० गते जनता माध्यामिक विधालयको भवनमा संचालित बीमा जागरण कार्यक्रममा चालीस जना भन्दा बढी युवाहरूको सहभागिता थियो । महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराए । 

Advertisement

क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल तथा सहमति भयो ।

२०७८ असोज महिनाबाट सुरु भएको बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा सम्पन्न भैसेकेको छ ।कात्तिक महिना भित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यिय बीमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने लक्ष्य रहेको सीईओ रमेशकुमार भट्टराईले बताए । 
 

Advertisement

Advertisement