ग्लोबल आइएमई बैंकको २८१औँ शाखा खुसिबु काठमाडौँमा

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंकले काठमाडौँ महानगरपालिका–१७, खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।

बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका–२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।

Advertisement

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Advertisement

Advertisement