नबिल बैंकको जीएममा बढुवा भए मनोज ज्ञवाली

Advertisement

काठमाडौं । नबिल बैंकका डेपुटी जनरल म्यानेजर(डीजीएम) मनोज ज्ञवालीको पदोन्नती भएको छ । उनी जनरल म्यानेजर(जीएम) पदमा नियुक्त भएका हुन् ।  

ज्योति विकास बैंकको सीईओको जिम्मेवारी सम्हालीसकेका उनी २०७७ साउन २१ गते डीजीएम पदमा नबिल बैक प्रवेश गरेका हुन् । 

Advertisement

चाटर्ड एकाउन्टेन्ट रहेका ज्ञवालीले यसअघि नेपाल राष्ट्र बैंक, ज्योति विकास बैंक र ग्लोबल आइएमई बैंकमा पनि काम गरेका थिए । 

Advertisement

Advertisement