सुनचाँदी व्यवसायी महर्जनको निधन

Advertisement

काठमाडौँ  । सुनचाँदी व्यवसायी रमेश महर्जनको निधन भएको छ । कोरोना संक्रमणका कारण बिरामी भएका उनले उपचारका क्रममा निधन भएको हो । 

महर्जनको मेडिसिटि अस्पतालमा उपचार भइरहेकोमा सोमबार दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दियो । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्षसमेत रहेका आर्वी गायमण्डका सञ्चालक पनि थिए । 

Advertisement

सुनचाँदी व्यवसायीका समस्या समाधान र यस व्यवसायलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको महर्जनको अल्पायुमै निधन भएको हो । 

समाज सेवामा पनि सक्रिय उनको ५७ बर्षको उमेरमै निधन भएको हो । महर्जनको निधनप्रति निजी क्षेत्रका संघसंस्था र व्यक्तिहरुले शोक प्रकट गरेका छन् । 

Advertisement

Advertisement