फोरजीमा पाँच वर्षपछि एनसेललाई टक्कर दिँदै टेलिकम, प्रयोगकर्ता एक करोड नाघे

Advertisement

काठमाडौं । तीब्र गतिको मोबाइल ब्रोडव्याण्ड अर्थात चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी सेवा सुरु भएको करिब पाँच वर्षपछि नेपाल टेलिकम निजी क्षेत्रको सेवाप्रदायक कम्पनी एनसेललाई टक्कर दिने हैसियतमा पुगेको छ । नेपाल टेलिकम र एनसेलबीच मोबाइल सेवामा तीब्र प्रतिस्पर्धा हुने गरेको भएपनि टेलिकमको कमजोर रणनीति र ग्राहक सेवा विस्तार गर्न नसक्दा एनसेल भन्दा ६ महिना अगाडि फोरजी सेवा सुरु गरेको टेलिकम पाँच वर्ष पछि मात्रै ग्राहक विस्तारका हिसावमा एनसेल नजिक पुग्न सकेको हो । 

एनसेलले आक्रामक सेवा विस्तार गर्दा टेलिकमको कमजोर रणनीतिकै कारण पछि परेको भएपनि अब भने ग्राहक सेवा विस्तारमा टेलिकम पनि आक्रामक बन्न थालेको देखिन्छ । पछिल्लो समय नेपाल टेलिकम र एनसेलबीच फोरजी सेवा बिस्तारमा प्रतिस्पर्धा बढ्दो छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्राकाशित गरेको पछिल्लो तथ्यांक गत साउन महिनामा मात्रै नेपाल टेलिकमको फोर जी प्रयोगकर्ता ५३ लाख पुग्दा एनसेलको फोरजी प्रयोगकर्ता ५५ लाख पुगेका छन् ।

Advertisement

फाइभजीलाई समेत परीक्षणकालिन रूपमा बिस्तार गर्ने दूर सञ्चार प्राधिकरणले योजना बनाइ रहदा फोरजी सेवामा एकाएक टेलिकम र एनसेलबीच प्रतिस्पर्धा बढेको देखिन्छ । प्राधिकरणले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार ब्रोडव्याण्ड प्रयोगकर्ता तीन करोड २१ लाख ९६ हजार पुगेका छन् । उक्त तथ्यांक फिक्स्ड ब्रोड व्याण्ड, वायरलेस ब्रोडव्याण्ड तथा मोवाईल ब्रोडव्याण्ड सबैलाई समेटेर तयार पारेको हो । 

हाल नेपाल टेलिकमबाट डाटा चलाउने ग्राहकको संख्या एक करोड ७१ लाख ६९ हजार पुगेका छन् । यस्तो डाटा प्रयोगकर्ताको हिसावले एनसेलको प्रयोगकर्ता संख्या ७९ लाख १८ हजार पाँच सय रहेको छ । सो तथ्यांकमा मोवाइल ब्रोडव्याण्ड प्रयोगकर्ता मात्रै रहेका छन् । त्यस्तै, स्मार्ट टेलिकमबाट डाटा चलाउने ग्राहकको संख्या एक लाख ८२ हजार छ सय रहेको छ ।

दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको साउन महिनाको विवरणअनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) को संख्या भने ६९ लाख २५ हजार सात सय रहेको छ । सोही तथ्यांकलाई आधार बनाउँदा फिक्स्ड  ब्रोडव्याण्ड प्रयोगकर्ताको संख्या २६.९३ प्रतिशत रहेको छ । फिक्स्ड ब्रोडव्याण्ड वायरलेस चलाउने ग्राहकको संख्या ७८.८७ प्रतिशत पुगेको छ । हालसम्म नेपालमा फिक्स्ड ब्रोडब्याण्ड प्रयोगकर्ता  १०६.५० प्रतिशत पुगेको पनि प्राधिकरणको तथ्यांकले देखाएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार डाटा प्रयोगकर्ताहरू प्रविधिको प्रयोगसँगै बढ्ने क्रममा छन् । उनले कर्पोरेट नेपालसँग भने,पछिल्लो समय सेवाप्रदायकले दिएको सुविधा र ग्राहकको पहुँच बढेका कारण डाटा प्रयोगकर्ता बढेका हुन । जति ग्राहक बढ्दै जान्छन्, फोरजीसहितका ब्रोडव्याण्डका प्रयोगकर्ता पनि उति नै बढ्दै जान्छन् । 

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले पनि डाटाका प्रयोगकर्ता एक अर्कोका बिस्तापित हुने भन्दा पनि यसको दायरा बढ्दै जाने बताएका थिए । उनले विश्व दूरसञ्चारको बजारका तथ्यांकलाई अध्ययन गर्ने हो एउटै ठाउँमा टुजी, थ्रीजी र फोरजी चलिरहेको बताए । नेपालमा पनि फाइभजी कै चर्चा चल्दा पनि टुजी र थ्रीजी पनि ग्राहकको आवश्यकता र माग बन्ने गरेको अधिकारी सुनाउँछन् । 

Advertisement

Advertisement