मध्य दशैंमा डलर महंगियो, किन बढ्दै छ डलरको भाउ ?

Advertisement

काठमाडौं । यो वर्षको दशैंमा नेपाली मुद्रासँगको तुलनामा डलर सर्वाधिक महंगो हुन पुगेको छ । नेपाल राष्ट्र बैैंकको तथ्यांक अनुसार यो वर्षको दशैंको मध्य अर्थात असोज २७ गते अष्टमीको दिन डलर सबैभन्दा महंगो भएको छ । अष्टमीको दिन डलरको भाउ १२१ रुपैयाँ १२ पैसा पुगेको थियो । उक्त दिन नेपालीले एक डलर किन्न १२१.१२ रुपियाँ खर्च गर्नुपरेको थियो ।

त्यसो त डलरको भाउ अक्टोबर २०२१ लागेपछि बढिरेहकै देखिन्छ । हाल प्रति डलर नेपाली रूपियाँसँगको सहटीदर १२० रुपैयाँ ८५ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाली रुपियाँसँग डलरको भाउ बढ्नुको अन्तरसम्बन्ध भारुसँग जोडिएको हुन्छ । भारुसँग नेपाली रुपियाँको कोर रिलेसन हुने हुँदा भारु कमजोर हुँदा डलर महंगिने गर्छ । यसर्थ नेपाली रुपियाँसँग तुलना गर्दा भारु किन कमजोर भयो र डलर किन महंगियो भनेर हुर्नुपर्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।

Advertisement

डलर बलियो भएकै कारण अरु क्षेत्रमा भएको लगानी पनि अमेरिकी डलरतर्फ नै आकर्षिक हुने पनि गर्छ । जसको कारण डलरको भाउ बढ्ने गर्छ । नेपालमा आयात बढ्दा डलर बाहिरने गर्छ भने भारतको पनि पछिल्लो समय कच्चा तेलको आयात बढाउँदा बढेको देखिन्छ ।

भारतले कच्चा तेलको आयत बढाउँदा भारुको भाउ खस्कने र डलरको भाउ बढ्न जाने हुन्छ । त्यसैको प्रभाव नेपाली रुपियाँमा परेको छ भने नेपालमा हुने डलरको मागले बढी हुँदा पनि नेपाली रुपियाँसँगको तुलना भाउ बढीरहेको राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति भदौसम्ममा ११ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ । भदौसम्मा नेपालले तीन खर्ब १४ खर्ब रुपियाँको बस्तु तथा सेवा आयात गरेको छ । आयातको तुलनामा निर्यात कम चालू आवको दुई महिना साउन र भदौमा मात्रै नेपालको व्यपार घाटा २ खर्ब ७० अर्ब रुपियाँको छ ।
 

Advertisement

Advertisement