काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न बिहीबार सुदूरपश्चिम गएका छन् । सोही क्षेत्रलाई आधार बनाएर राजनीति गर्दै आएका देउवा आज हेलिकप्टर चढेर सुर्खेत हुँदै दिपालय पुगेका छन् ।
दिपायलको सैनिक व्यारेकमा बाढी पहिरोको क्षतिको ब्रिफिङ लिएपछि देउवा बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने, ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर खाना खाने, दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि जोगबुढाको अवस्था अवलोकन गर्नेछन् ।
जोगबुढाबाट उनी कञ्चनपुरको महेन्द्रनगर जाने छन् । महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने, त्यहाँबाट दोधारा चाँदनी हुँदै कैलालीको धनगढी पुग्ने, धनगढीबाट शुक्रबार काठमाडौं फर्किने उनको तालिका छ ।