हिरो मोटोकर्पको  ‘माएस्ट्रो एज ११०’ नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

Advertisement

काठमाडौं । हिरो मोटोकर्पले स्कूटर समूहमा नयाँ कनेक्ट ‘माएस्ट्रो एज ११०’ सार्वजनिक गरेको छ । कम्पनीले आज एक समारोहका बीच उक्त स्कूटर नेपाली बजारमा सार्वजनिक गरेको हो । 

कनेक्ट सम्पर्क सञ्जाल युक्त स्टाइलिस रहेको उक्त माएस्ट्रो एज ११० नेपाली युवा माझ लोकप्रिय हुने कम्पनीदे दाबी गरेको छ । 

Advertisement

नयाँ ‘माउस्ट्रोज एज ११०’ मा यस वर्गकै पहिलो फस्र्ट इन सेग्मेन्ट एलईडी प्रोजेक्टर, हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आई थ्री एस सटर्ट अप प्रणाली, ब्लुतुथ कनेक्टीभ, कल अलर्ट र टर्न बाई टर्न नेभिगेसन सहित नयाँ आकर्षण डिजाइन राखिएको छ ।

उक्त ‘माउस्ट्रोज एज ११०’ स्कूटरको मूल्य दुई लाख १५ हजार रूपियाँ तोकिएको छ । सोही मूल्यमा देशभरका ग्राहकले जहाँबाट पनि स्कूर खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

कार्यक्रममा हिरो मोटोकर्पका ग्लोबल विजनेश प्रमुख सञ्जय भानले भने ,‘ग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालमा हामी नयाँ प्रविधि र डिजाईनसहितको सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउँदै आएकाछौं ।’

नेपालमा हिरो मोटकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) रहेको र कम्पनीका ७५ डिलर, ८७ सर्भिस सेन्टर  तथा ९० स्पेयर पार्ट आउटलेटहरू रहेको कार्यक्रममा बताईयो । अहिले हिरो मोटोकर्पका एचएफ डिलक्स, स्पेन्डर प्लस, सुपर स्पेन्डर, ल्यामर, हंक १५० आर, एक्सट्रीम १६०, एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर प्लस प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कूरहरू नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् ।

‘माएस्ट्रोज  एज ११०’ नयाँ डिजाइन र बलियो इन्जिन क्षमताका कारण युवा चालकहरू माझ लोकप्रिय रहने कम्पनीको विश्वास छ । 

Advertisement

Advertisement