बैंक तथा वित्तीय संस्थालाई ब्याजदरबारे राष्ट्र बैंकले दिएको निर्देशन स्वागतयोग्यः चेम्बर

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेपको उच्च ब्याजदर नियन्त्रणको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशनको नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ । नेपाल चेम्बरले आज विज्ञप्ति प्रकाशित गरी राष्ट्र बैंकको कदमको स्वागत गरेको हो । 

‘वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने निर्देशन स्वागत योग्य रहेको छ ।’–विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम  हुनु पर्ने चेम्बरको धारणा रहेको छ ।

Advertisement

Advertisement