बेमौसमी भारी बर्षासँगै आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या सय नाघ्यो

Advertisement

काठमाडौं । बेमौसमी भारी वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १०१ जनाको मृत्यु भएको छ । 

सोमबारदेखिको भारी बर्षाका कारण यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । अझै ४१ जना बेपत्ता रहेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने प्रहरीको भनाई छ । उनीहरुको खोजी कार्य भइरहेको जनाइएको  छ । 

Advertisement

बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट एक हजार १७७ वटा घर परिवार विस्थापित भएका छन् ।

Advertisement

Advertisement