सिभिल लघुवित्तले बुक क्लोजको मिति तोक्यो, एजीएमबाट लाभांश पारित गरिंदै

Advertisement

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाले १०औँ वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक १४ गते शेयर दाखिल खारेज बन्द(बुक क्लोज) गर्ने भएको छ । 

विहीबार बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तोकेको हो । संस्थाको साधारण सभा कात्तिक २८ गते बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा गर्ने यसअघि नै निर्णय गरिएको थियो । 

Advertisement

उक्त साधारण सभाबाट आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पारित गर्नेछ । 

संस्थाको हाल कायम चुक्ता पूँजी २४ करोड २१ लख २१ ह्जार ३ सय ७९.५० रुपियाँ छ ।  
 

Advertisement

Advertisement