फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

Advertisement

सुभा । फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ । उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन् । 

कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका छन् ।  कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

Advertisement

संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गर्नु भएको थियो भने केपाले २३ मत प्राप्त गर्नु भएको थियो । संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका थिए । 

नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्व अध्यक्ष समेत हुन् । उनले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्ने छन् । रासस/सिन्ह्वा 

Advertisement

Advertisement