डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा

Advertisement

काठमाडौं । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तिमै दिने योजना ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी’ सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले बार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन् । ४० एमबीपीएसको एकवर्षको लागि ग्राहकले भ्याटबाहेक १२ हजार ९९९ रुपियाँ खर्चनुपर्ने हुन्छ । 

Advertisement

ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको बार्षिक सब्स्क्रिप्शनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा निःशुल्क पाउनेछन । डिशहोम फाइबरनेटले यसअघि नै सय एमबीपीएसको इन्टरनेट मात्र ८९९ रुपियाँमा ग्राहकलाई उपलब्ध गराइरहेको छ । 
 

Advertisement

Advertisement