चीनले ताइवानमा हमला गरे अमेरिकाले प्रतिरक्षा गर्ने

Advertisement

एजेन्सी । चीनले आफ्नो प्राप्तको रुपमा दावी गर्दै आएको ताइवानलाई एकीकरण गर्ने नाममा उसले हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने बताएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्ने बताएका हुन् । यसअघि ताइवानको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले ताइवान चीनकै प्राप्त भएकाले स्वतन्त्र राष्ट्रको रुपमा उसले गतिविधि नरोके सैन्य कारवाहीसमेत गर्ने चेतावनी दिएका थिए । 

Advertisement

अमेरिकी विद्यमान एक कानुनअनुसार उसले ताइवाइनलाई आफ्नो प्रतिरक्षा गर्न मद्दत गर्नु आवश्यक हुन्छ। ताइवानको बारेमा अस्पष्ट जस्तो रहँदै आएको अमेरिकाले आक्रमण भएमा प्रतिरक्षा गर्ने औंल्याएको छ । राष्ट्रपति बाइडेनको प्रतिक्रियाबारे चीनले कुनै टिप्पणी भने गरेको छैन् । 

ताइवनाको विषयलाई लिएर द्धन्द्ध बढ्दै गएको बेलामा बाइडेनले मुख खोलेका हुन् । ताइवानी राष्ट्रपतिले आफ्नो राष्ट्रिय र प्रजातन्त्र कसैले खोस्न नसक्ने भन्दै चिनियाँ राष्ट्रपतिलाई चुनौति दिँदै आएकी छन् । 

Advertisement

Advertisement