माछापुच्छ्रे र सानिमा बैंकको शेयर मूल्य समायोजन, कति कायम भयो ?

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंक र सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार माछापुच्छ्रेले शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ३२२.०७ कायम गरिएको छ । यसअघि रु. ३६४.९० थियो ।

Advertisement

यता सानिमा बैंकले शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४१७.७८ कायम गरिएको छ । यसअघि रु. ४८८.८० थियो । 

समायोजन गरिएको मूल्यबाट आजदेखि ती दुबै बैंकको शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement