बाढीपहिरो पीडित जनतालाई आश्वासन मात्रै बाँड्दै देउवा, ‘मागेर भए पनि राहत दिने प्रतिवद्धता

Advertisement

काठमाडौँ । बेमौसमी भारी बर्षासँगै आएको बाढी पहिरोबाट जनता आहात भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा आश्वासन मात्रै बाँड्दै हिँडेका छन् । 

बाढीपहिलो पीडितको अवलोकन गर्न पश्चिमबाट पूर्वतिर लागेका देउवाले विदेशीसँग मागेर भए पनि राहत प्याकेज घोषणा गर्ने बताएका छन् । आइतबार पूर्वको बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरीमा उनले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने दोहोर्याए । 

Advertisement

देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताए । खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उनले सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

देउवाले भने, ‘काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं । साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौं । बाढीपहिरोले धेरै नोक्सान गरेको छ । हामी पीडितलाई ऋण लिएर भए पनि बासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं । सरकारको पहिलो प्राथमिकता भनेकै यही हो । अहिले धानबालीमा धेरै क्षति भएको छ । त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’

Advertisement

Advertisement