शेयर कारोबार २७ अंकले बढ्दा पौने तीन अर्बको कारोबार

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २७.५१ अकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २५८४.५२ विन्दूमा पुगेको हो ।  शेयर बजार बढेको दिन २२५ कम्पनीको कारोबार भएको छ ।

Advertisement

५८ लाख १८ हजार २५ कित्ता शेयर कारोबार हुँदा दुई अर्ब ७७ अर्ब ३४ करोड २० लाख रुपियाँको कारोबार भएको छ । बजार बढेको भएपनि ट्रेडिङसमूह ३२.४७ अंकले घटेको छ भने अन्य सबै सूचकहरू सकारात्मक छन् ।

बैंकिङ समूह ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत् ६६.१४, वित्तीय क्षेत्र ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादनमूलक समूह १०५.५४, अन्य समूह ५५.५४, लघुवित्त ५३.९४, जीवन बीमा कम्पनी ६७.३१, म्युचुअल फण्ड ०.१४ र इन्भेष्टमेन्ट समूह ०.३४ अंकले बढेको छ ।

बेष्ट फाइनान्स कम्पनी र रिडी हाइड्रो पावर कम्म्पनीको लगानीकर्ताकाले सबैभन्दा बढी कमाएका छन् । यी दुई कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको हो । 

 

मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको कारोबारमा नाकारत्मक सर्किट लागेको छ । 
 

Advertisement

Advertisement