आज (कात्तिक ८)को राशिफलः तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज २०७८ साल कार्तिक महिनाको ८ गते सोमबार, कार्तिक कृष्णपक्षको पञ्चमी तिथि । 

मेष
पेशागत जीवनमा हुने उतार चढावका कारण मानसिक तनाव आउने छ । मिठो बोलीका कारण असजिलो परिस्थिति पनि ह्याण्डल हुने छ । आर्थिक सन्तुलन कायम रहने छ । परिवारमा द्वन्द निम्तिने छ । शेयर क्षेत्र औसत खालको हुने छ । 

Advertisement

वृष
पेशागत जीवनमा समस्याहरु भोग्नु पर्ने छ । कडा खालको रिस हुने भएकाले आफ्नो छवि नै बिग्रने छ । शेयर क्षेत्र अनुकुल रहने छ । आँटेका कामहरुमा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा खुशीयाली आउने छ । 

मिथुन 
पेशागत क्षेत्र सहज रहने छ । आर्थिक रुपमा नाफा आर्जन हुने छ । बोलीको प्रभावले गर्दा अरुहरुले सम्मान गर्ने छन् । तर मनमा उत्पन्न हुने दुविधाका कारण निराशाले भने सताउने छ । शेयर क्षेत्रमा केही सुधार आउने छ । 

कर्कट
मनमा उदासिनताका मात्रामा बृद्धि हुने छ । मनोबलमा पनि केही कमि आउँदा आफैले गरि आएका कामहरु प्रति डर लाग्ने छ । समय धैर्य रहनु  पर्ने देखिन्छ । परिवारमा किचलो देखिने र त्यसबाट मान प्रतिष्ठानमा ठेस लाग्ने छ । शेयर क्षेत्र पनि चुनौतिपूर्ण देखिन्छ । 

सिंह
आर्थिक लाभ प्राप्त हुने छ । यस अघि नउठेका डेबेर बसेका रकम हात पर्ने छ । पेशागत जीवनमा हल्का उन्नतिहरु जस्तो देखिने छ । जीवनसाथिको साथले गर्दा आड भरोषा प्राप्त हुने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

कन्या
अचल सम्पत्तिका विषयमा समस्या र मुद्धा मामिला हुने छ । पेशागत जीवनमा स्थिरताका संकेतहरु देखिने छन् । प्रेममा सफलता प्राप्त हुने छ । नयाँ नयाँ खालका सृजनात्मक सोचाईहरु आउने छन् । रोग व्याधीबाट भने संयम रहनु होला । शेयर क्षेत्र सकारात्मक बन्ने छ । 

तुला
सकारात्मक सोचको व्यक्तित्व हुने छ । पेशागत जीवनमा पनि अरुले सकारात्मक रुपमा हेर्ने छन् । दृढ खालको व्यक्तित्व हुने हुँदा कसैले पनि हेप्ने छैनन् । जीवनसाथिको मायामा बढोत्तरी हुने छ । शेयर क्षेत्रबाट लाभ हुन सक्ने छैन् । 

वृश्चिक
कार्य सफलतामा केही सुधार आउने छ । मिष्ठान्न भोजन गर्न मिल्ने छ । अलि तामसिक स्वाभावमा पनि बृद्धि हुने हुँदा विचार गर्नु नै उपयुक्त हुन्छ । पेशागत जीवन औसत खालको हुने छ । आफ्नै आफन्तहरुबाट अनुमान नै नगरिएको धोकाको अवस्था आउने चुनौति देखिन्छ । शेयर क्षेत्र केही सकारात्मक बन्ने छ । 

धनु 
परिवारमा किचलोको अवस्था आउने छ । पेशागत जीवनमा आफ्ना बोससँग द्वन्दको अवस्था आउने छ । अड्डा अदालत तथा प्रशासनिक निकायहरुमा धाउनु पर्ने समय सक्रिय रहेकाले सतर्क रहनु होला । पारीवारिक तनावले फ्रेस हुन दिने छैन् । शेयर क्षेत्र भने अनुकुल रहने छ । 

मकर
आर्थिक मजबुदि कायम हुने छ । पेशागत जीवनमा अपेक्षाकृत लाभ नमिलने पनि हानि पनि हुने छैन् । सामाजिक सोच आउने छ । परिवारको आड र भरोषाले गर्दा मनमा दृढता आउने हुन्छ । बौद्धिक क्षेत्रमा उन्नति हुने छ । शेयर क्षेत्रबाट लाभ हुने छैन् । 

कुम्भ 
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवन औसत खालको रहने छ । आर्थिक लाभ हुने छ तर खर्च पनि निकै बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गर्दा उपयुक्त हुने छ । साझेदारीमा भने चुनौति देखिन्छ । शेयर क्षेत्रमा सुधार आउने छ । 

मीन
चलाख व्यक्तित्व हुने छ । जसले गर्दा अरुले नोक्सान पुर्याउन सक्ने छैनन् । पेशागत जीवनमा कदर मिल्ने र थप जिम्मेबारी प्राप्त हुने छ । आर्थिक जीवन औसत खालको हुने छ । भविष्यको चिन्ताले अनावश्यक सताउँदा वर्तमान भने खल्लो बन्न जाने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement