कुमारी बैंक र गुराँस लघुवित्तको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । बोनस शेयर पछि दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । 

यसैक्रममा कुमारी बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २६४.१५ कायम गरिएको छ । यसअघि रु. २८० थियो । 

Advertisement

यता गुराँस लघुवित्तले १६.९० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १३४८.०९ कायम गरिएको छ । यसअघि रु. १५७६ थियो । 

समायोजन गरिएको मूल्यबाट आजदेखि नै शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement