सिद्धार्थ बैंकद्वारा १ अर्ब ६४ करोड लाभांश वितरण गर्ने घोषणा

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको आइतबार बसेको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार ९ सय १५ रुपियाँ छ । उक्त चुक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब ५६ करोड २१ लख २७ हजार ६ सय ३६ रुपियाँ र ०.७५ प्रतिशत अर्थात ८ करोड २२ लाख १७ हजार २ सय ४४ रुपियाँ गरी जम्मा १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८ सय ८० रुपियाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव घिमिरेले बताए ।   

Advertisement

Advertisement