दशैँ पछि सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपियाँ बढ्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६५ रुपियाँ तोकिएको छ । 

Advertisement

हिजो आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपियाँ, तेजाबी सुन ९१ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ६० रुपियाँमा किनबेच भएको थियो । 

दशैँ बिदा पछि कात्तिक १ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य ९० हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २५ रुपियाँ थियो । 

यसरी तुलना गर्दा दशैँ पछि सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपियाँ बढेको छ ।  

Advertisement

Advertisement