होटल संघ नेपालका पूर्व अध्यक्ष श्रेष्ठको निधन

Advertisement

काठमाडौँ । होटल संघ नेपालका पूर्व अध्यक्ष गौतमदास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा क्रममा आज निधन भएको हो । 

वि.सं. १९९५ सालमा काठमाडौंको तुम्बहालमा पिता दुर्गादास श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठले काठमाडौंको दरबारमार्गस्थित शेर्पा होटल र चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका थिए । 

Advertisement

उनले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् १९९३ देखि सन् १९९८ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए । उनको श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

पूर्व अध्यक्ष श्रेष्ठको निधनबाट समग्र पर्यटन क्षेत्रमामा अपुरणीय क्षति पुगेको होटल संघले विज्ञप्ति प्रकाशन गरी जनाएको छ । दुःखको यस घडिमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति संघले हार्दिक समवेदना प्रकट गरेको छ । 


 

Advertisement

Advertisement