शेयर बजार उच्च अंकले बढ्यो, फाइनान्स र हाइड्रोमा उत्साह

Advertisement

काठमाडौँ । शेयर बजार आज उच्च अंकले बढेको छ । साताको पहिलो दिन हिजो पनि बजार बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार हिजो बजार २७.५१ अंकले बढेको थियो भने आज पनि ८७.६३ अंकले बढेको छ । आज ३.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६७२.२५ अंकमा उक्लिएको छ । 

Advertisement

आज २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपियाँ बराबरको कारोबार भएको हो । हिजोभन्दा आज कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपियाँ बराबरको कारोबार भएको थियो । 

बजार उच्च अंकले बढेको दिन सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ५३७.९२ अंकले बढेको छ । 

आज विभिन्न ३४ कम्पनाीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । गोर्खाज फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मल्टिप्रपोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो, सिनर्जी पावर, अरुण काबेली पावर, हिमालयन पावर, नेपाल हाइड्रो, राधी विद्युत कम्पनी, यूनिभर्सल पावर, यूनियन पावर, हिमाल दोखला हाइड्रो, शिवश्री हाइड्रो र ग्रीनलाइफ हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । त्यसैगरी आज सांग्रिला बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी ४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । महालक्ष्मीको १६ करोड २५ लाख २३ हजार ८ सय ५९.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।    
  
 

Advertisement

Advertisement