एनआईसी एशिया बैंकले घोषणा गर्यो १५.७८ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात एक अर्ब ७३ करोड ४६ लाख रुपियाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत अर्थात ९ करोड १२ लाख रुपियाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Advertisement

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनी सचिव दीपेन कार्कीले जनाएका छन् । 

Advertisement

Advertisement