नेपाल बारले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

Advertisement

काठमाडौं । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने ठहर गरेको छ । 

विभिन्न विवादमा परेपछि राणा चौतर्फी आलोचनाको शिकार बनेका छन् । प्रधानन्यायाधीशले निकास दिनुपर्ने निर्णय बारेले गरे पनि सबै सल्लाहकारहरुसँग छलफल गरेर मात्रै निर्णय सार्वजनिक गर्ने बताएको छ । 

Advertisement

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च भित्रै चालेन्द्रशम्शेर राणाले सबैलाई मिलाउन नसकेकाले अब निकास दिनुको नै उत्तम हुने बताउँछन् । उनले न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको आरोप लागेको छ । पूर्वन्यायाधीश फोरमले पनि यसअघि यस्तै प्रकृतिको वक्तव्य जारी गर्दै राणालाई निकास दिन सल्लाह दिएको थियो । 

Advertisement

Advertisement