सिटिजन लाइफको बानेश्वर शाखामा गरियो स्तन क्यान्सर विरूद्धको बीमा जनचेतना कार्यक्रम

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले देशव्यापी रूपमा साप्ताहिक जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 

कार्तिक २ गते शुभारम्भ भएकोले सोही दिनलाई आधार बनाएर कम्पनीले बार्षिकोत्सव मनाउने गरेको छ । सोमबार सोही अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत बानेश्वर, कोटेश्वर, भक्तपूर र सूर्यविनायक शाखाले संयुक्तरुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम बानेश्वर शाखाको तालिम हलमा सम्पन्न भएको हो । 

Advertisement

घातक रोग अन्तर्गत पर्ने स्तन क्यान्सर विरूद्धको बीमा जनचेतना कार्यक्रममा सयौंको सहभागीता रहेको थियो । सो अवसरमा भक्तपूर क्यान्सर अस्पतालका डाक्टर मनिस रोय, लायन्स क्लब अफ भक्तपूर, लायन्स क्लब अफ भक्तपूर नमस्ते समेतको सहभागिता रहेको थियो । 

सिटिजन लाइफ इन्स्योरेन्सको बानेश्वरस्थित एरिया शाखा प्रमुख (एबिएम) लोकमाया अधिकारी भन्छिन्, ‘स्तन क्यान्सर जो कोहीलाई हुन्छ, हामीले कार्यक्रममा डाक्टरहरूलाई बोलाएर रोगबारे जानकारी दिने मौका पायौ । तर, कसैलाई रोग लागि हालेमा  सिटिजन लाइफले पैसा तिरिरिन्छ । त्यसको लागि रोग लाग्नु अगावै बीमा गर्नु जरूरी छ ।’ सूर्यविनायकको शाखा प्रमुख प्रमिला प्रजापति तथा कोटेश्वरको शाखा प्रमुख शिवहरि श्रेष्ठ र बानेश्वर शाखाकै भरत अधिकारी उपस्थित रहेको थियो । 

Advertisement

Advertisement