डलर संचिति ६ प्रतिशतले घट्यो, ११ अर्ब १४ करोड अमेरिकी डलर संचित

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी विनिमय संचिति ६.६ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रहेको थियो । यस्स्तो विदेशी विनिमय सञ्चितिमा ६.६ प्रतिशतले घटेर भदौ मसान्तसम्ममा १३ खर्ब ०६ अर्ब ९५ करोड रुपियाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा भदौ मसान्तमा ५.२ प्रतिशतले घटेर अर्ब १४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपियाँ रहेकोमा भदौ सान्तमा ७.७ प्रतिशतले घटेर ११ खर्ब ४८ अर्ब ६९ करोड रुपियाँ कायम भएको उल्लेख छ ।

Advertisement

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रुपियाँ रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भएर एक खर्ब ५८ अर्ब २७ करोड रुपियाँ पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
 

Advertisement

Advertisement