दुई महिनामै ७० प्रतिशतले बढ्यो व्यापार घाटा

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ७० प्रतिशतले व्यापार घाटा बढेको छ । चालू अव २०७८÷७९ को साउन र भदौमा भएको कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले बढेको छ । उक्त दुई महिनामा नेपालको व्यापार घाटा दुई खर्ब ७० अर्ब ४८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.० प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ३६ अर्ब २७ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा  २१ अर्ब ४५ करोड रुपियाँ बराबरको यस्तो आयात भएको थियो ।

Advertisement

चालू आवको दुई महिनामा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भएर ४४ अर्ब ४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को दुई महिनामा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई तीन खर्ब १४ अर्ब ५२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm सबैभन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको पनि राष्ट्र बैंकले सार्वजनिक गरको भदौ महिनासम्मको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Advertisement