सस्तो ब्याजदरमा सवा लाख ऋणीले लिए पौने दुई अर्ब सहुलियत कर्जा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सस्तो ब्याजदरमा सवा लाख ऋणीले लिए पौने दुई अर्ब सहुलियत कर्जा लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ भदौ मसान्तसम्ममा १ लाख २० हजार ७ सय १५ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन् । यी ऋणीले एक खर्ब ८७ अर्ब १६ करोड रुपियाँ यसतो कर्जा लिएका हुन । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणीले एक खर्ब २१ अर्ब ६ करोड रुपियाँ कर्जा लिएका छन् ।

महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब ३७ करोड रुपियाँ कर्जा लिएका छन् । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ५३ ऋणीको तीन अर्ब ७३ करोड रुपियाँ कर्जा लिएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ भदौ मसान्तसम्ममा एक अर्ब रुपियाँ स्वीकृत भएको पनि उल्लेख छ । यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड लगानीमा रहेको पनि उल्लेख छ ।