ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा यस्तो छ सुबिधा

Advertisement

काठमाडौँ । ज्योति विकास बैंकले शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो । यस बचत खातामा ग्राहकहरुले शून्य मौज्दातमै निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क सि–आस्वा, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा र निःशुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन् ।

Advertisement

साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ ।ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन् ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 
 

Advertisement

Advertisement