नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा घिमिरे नियुक्त

Advertisement

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्री परिषद्को बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । सरकारी स्वामित्वको उक्त कम्पनीमा उनी ४ वर्षका लागि अध्यक्षमा नियुक्त भएका हुन् । 

Advertisement

बीमा विषयमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक हुन् । साथै कम्पनीको सञ्चालकमा मदन पोखरेल नियुक्त भएका छन् । पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गर्छन् । 

Advertisement

Advertisement