निगमको कार्यकारी अध्यक्षमा पूर्व कर्मचारी अधिकारी नियुक्त, डिमप्रकाशको अधिकार खोसियो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा निगमकै पूर्व कर्मचारी युवराज अधिकारी नियुक्त भएका छन् । सरकारले निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेर अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी निगमकै पूर्व कर्मचारी हुन् ।

Advertisement

हालका महाप्रवन्धक डिमप्रकाश पौडेल निगमका कार्यकारी महाप्रवन्धक छन् । उनको अधिकार खोस्नेगरी सरकारले कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरकोले आफ्नो भूमिका र अधिकार के हुने भन्ने विषयमा भने भोलि पर्यटन मन्त्रीसँग सोधेर स्पष्ट हुने  जानकारी महाप्रवन्धक पौडेलले दिए ।


 

Advertisement

Advertisement