आज (कात्तिक ९)गते राशिफलः कस्तो रहला तपाईंको व्यापार, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज २०७८ साल कार्तिक महिनाको ९ गते मंगलबार, कार्तिक कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
दृढ खालको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्न जाँदा कार्यहरु अवरुद्ध हुन पुग्ने छन् । मनमा निराशाले सताउने छ । खुशीपना नआउने अवस्था आउने भएकाले मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु  नै उत्तम हुने छ । पानी, मदिरा, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र भने सकारात्मक रहने छ ।

Advertisement

वृष
शितल प्रकृतिको स्वाभाव हुने छ । तर मनोबलको कमि हुनेछ । व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा गिरावट आउने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । छाति, रगत, उच्चरक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि देखा पर्ने छ । शिक्षा क्षेत्र, शिक्षण, प्रध्यापक, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ । शेयर क्षेत्र सकारात्मक हुनेछ । 

मिथुन 
दृढ व्यक्तित्व बन्ने छ । तर बेला बेला दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा अरुले अन्योलग्रत आभाष गर्ने छन् । बोलीको प्रभावमा निकै गिरावट आउने छ । परिवारमा कुरा मिल्ने छैन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार प्रतिकुल रहने छ ।

कर्कट
रिस पनि धेरै उठ्ने भएकाले अरुले सन्काहा रुपमा हेर्ने भएकाले संयमित रहनु होला । बोलीमा कडापन आउने छ । पेशागत जीव्न सन्तोषजनक नै हुने छ । खासगरी सेवा, रोजगारी, श्रम क्षेत्र, मजदुरी, कवाडीको ब्यापार, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजार हल्का सकारात्मक हुने भएता पनि धेरै उत्साही हुने समय छैन् । 

सिंह
समय प्रतिकुल रहेकाले धैर्यता नै एक मात्र उपाय रहेको छ । कमजोर व्यक्तित्व बन्ने छ । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ । शेयर बजार प्रतिकुल देखिन्छ । 

कन्या
बौद्धिक व्यक्तित्व हुने छ । बौद्धिक क्षेत्रमा भने प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । अफिसियल प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिक स्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ । शेयर बजार औसत रहने छ । 

तुला
पेशागत जीवनमा गम्भीरखाले समस्याहरु देखा पर्ने छ । पूर्वानुमान नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने छ । त्यसैले संयम भएर मात्र पाइला चाल्नु होला । बोलीको प्रभावमा भारी गिरावट आउने छ । शिक्षा क्षेत्र, शिक्षण, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र पनि अनुकुल रहने छैन् । 

वृश्चिक
अध्ययन र अध्यापनमा मन केन्द्रीत हुनेछ । आम्दानीमा गिरावट आउने छ । राखिएका लक्ष्यहरु तुहिने छन् । धैर्य भएर पाइला चाल्नु होला भने अतिमहत्वाकांक्षा पनि नलिनु होला । साझेदारीमा गरिएका कामहरुका बिबाद चर्किने छ । चुनौतिपूर्ण र धेरै जोखिम तथा प्रतिष्पर्धात्मक क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ । शेयर क्षेत्र अनुकुल हुने छैन् । 

धनु 
आम्दानीको क्षेत्र स्थिर रहने छ । भाग्यहिनता लागिरहने छ । पैतृक सम्पत्तिका विषयमा गम्भीर खाले मनमुटाव आउने छन् । सन्तानका गतिविधीबाट अपजस आइ लाग्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । पेशागत जीवनमा समस्या आउन जाने भएकाले सतर्क रहनु होला । व्यक्तित्व दुविधात्मक हुने छ । धार्मिक वस्तुको कारोवार, चिनी, सख्खस, सजावटको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई समय अनुकुल रहने छैन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।

मकर 
बोलीमा अस्वाभाविक कडापना देखिँदा परिवारका सदस्यहरु आश्चर्य पर्न जाने छन् । यस्तो परिस्थितिले परिवारमा तनाव पनि ल्याउने छ । आँखा सम्बन्धी समस्या आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । शिक्षा, परामर्श, होटल, रेष्टुरेण्ट, जलविद्युत जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल रहने छ । शेयर बजार प्रतिकुल रहने छ । 

कुम्भ 
बोलीको प्रभाव बढ्न पुग्ने छ । तर अरुका लागि बोली प्रिय नै भएता पनि आफ्नो परिवारका सदस्यहरुसँग भने कटु बोली हुने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवन सकारात्मक हुने छ । निर्माणका काम, ठेक्कापट्टा, श्रम क्षेत्र, उद्योग कलकारखाना, भाडाका सवारीसाधन, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । शेयर क्षेत्रमा संयमित हुनुपर्ने देखिन्छ । 

मीन
मनमा अनावश्यक दबाब देखिँदा तनाव उत्पन्न हुने छ । निराशा भाव देखा पर्नेछ । पेशागत जीवन भने औसत तर थोरै मात्र केही स्थिर बन्ने हुँदा राहत मिल्ने छ । पानी, कोल्ड ड्रिङ्स, दुध, पेय पदार्थ, मदिरा, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । आम्दानी गलत ठाउँमा फस्न जाने जोखिम देखिएकाले सतर्क रहनुहोला । शेयर क्षेत्र जोखिपूर्ण देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement