नेपालमा विदेशी लगानी प्रवद्र्धन गर्न महासंघ र बोर्ड मिलेर काम गर्ने

Advertisement

काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग बाणिज्य महासंघबीच नेपालमा लगानी आकर्षित गर्न संयुक्तरुपमा लगानी प्रवद्र्धनको कार्य गर्न समझदारी गर्ने सम्वन्धमा मंगलबार छलफल भएको छ । 

महासंघअन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिको बोर्डको कार्यालयमा सम्पन्न तेस्रो बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले सो सम्वन्धमा प्रतिवद्धता व्यक्त गरेका हुन् । 

Advertisement

नेपालमा गुणस्तरीय लगानी भित्राई संवृद्ध नेपाल सुखी नेपालीको जनताको आकांक्षा पूरा गर्ने दायित्व सरकार र निजी क्षेत्रको भएको बताउँदै भट्टले यसका लागि बोर्ड निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले बोर्ड नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए । 

महासंघका अध्यक्ष गोल्छाले स्वदेशी र विदेशी निजी लगानीकर्तासँग छलफल तथा समन्वय गर्न महासंघ एउटा जिम्मेवार र सक्षम निकाय भएको बताए । उनले नेपालमा लगानी आकर्षित गर्न विदेशी लगानीकर्ताहरुसमक्ष पुग्न बोर्ड र महासंघ संयुक्तरुपमा काम गर्नुपर्ने बताए । 

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले नेपालमा लगानीको प्रतिवद्धता र प्राप्तीमा ठूलो अन्तर रहेको बताए । उनले यसमा थप अध्ययन गर्नुपर्ने बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका अध्यक्ष आनन्द बगरिया, बोर्डका उपसचिव रमेश अधिकारीलगायतले बोलेका थिए । 

Advertisement

Advertisement