नियमन आयोगले घटायो विद्युत महशुल, अब कति पर्छ महशुल ?

Advertisement

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर निर्धारण गरेको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा नयाँ दर कायम गरेको हो । आयोगले पत्रकार सम्मेलन गरी बुधबार यसबारे जानकारी दियो । 

आउँदो मंसिरको विद्युत् खपतमा अर्थात पुसको बिलिङबाट लागू हुने नयाँ महशुल दरमा विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने  उपभोक्ताले मासिक ३० रुपियाँ मात्रै बुझाए पुग्नेछ । यस्ता उपभोक्तालाई इनर्जी शुल्क मिनाहा गरिएको छ । 

Advertisement

त्यस्तै, सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा ५० पैसा घटाई प्रति युनिट ९ रुपियाँ ५० पैसा कायम गरिएको छ भने चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपियाँ घटाएर ११ रुपियाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने ठूला उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षा र हिउँदमा फरक–फरक निर्धारण गरिएको छ । मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई प्रति युनिट ११ रुपियाँ ५० पैसा इनर्जी शुल्क लगाइँदै आएकोमा अब वर्षायाममा १० रुपियाँ ५० पैसा र हिउँदमा ११ रुपियाँ ५० पैसा लगाइने छ । 

चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपियाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपियाँ ५० पैसा र हिउँदमा ११ रुपियाँ ५० पैसा तोकिएको छ । 

ट्युबेल संचालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाइएको छ भने टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ । तर अफ पिक अर्थात राति ११ देखि बिहान ५ बजेसम्मको समयको इनर्जी शुल्क भने घटाइएको छ । आद्योगिक ग्राहकले आफूहरुलाई सहुलियत दरमा विजुली दिएमा उत्पादन र लगानी बढाउन आग्रह गर्दै आए पनि त्यसलाई सम्बोधन गरिएको छैन् । 

यस्तो छ विजुलीको नयाँ महशुलदर

Advertisement

Advertisement