जापानी बजारमा आयो उड्ने मोटरसाइकल, मूल्य आठ करोड रुपियाँभन्दा बढि

Advertisement

एजेन्सी । जापानको एक कम्पनीले बजारमा उड्ने कार ल्याएको छ । एएलआई टेक्नोलजीज नामकको स्टार्टअप कम्पनीले बुधबार होभरबाइक बजारमा ल्याएको हो । 

छ लाख ८० हजार अमेरिकी डलर मूल्य पर्ने यो उड्ने माटरसाइकल नेपाली मूल्य अनुसार आठ करोड १६ लाख रुपियाँ पर्छ । तर नेपालमा भित्रिने हो भने सरकारले लगाउने करले यसको मूल्य दोब्बरभन्दा बढि हुने अनुमान गर्न सकिन्छ । 

Advertisement

मोटरसाइकल निर्माता कम्पनीले अब मानिसहरु विस्तार कार छोडेर आफ्नो आकाशमा उड्ने मोटरसाइकलतर्फ आकर्षित हुने विश्वास लिएको छ । एएलआई टेक्नोलजीजमा इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिसी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योले लगानी गरेका छन् । 

एक पटक चार्ज गरेपछि सय किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्नसक्ने यो मोटरसाइकलमा एउटा परम्परागत इन्जिन र ब्याट्रीजडित चारवटा मोटरहरू छन्। कम्पनीले आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने तीनसय केजी तौल भएका दुईसय वटा होभरबाइक उत्पादन गर्ने लक्ष्य लिएको छ।

एएलआई टेक्नोलजीजका सीईओ दाइसुके कातानोले आफूहरुले यात्राका लागि नयाँ प्रविधि दिन चाहेको बताएका छन् । यो मोटरसाइकल उडाउन जापानी प्रशासनले तत्काल अनुमति दिने संभावना कम भए पनि उद्दार र आपतकालिन अवस्थामा यसको प्रयोग गर्न सकिने औंल्याइएको छ । 

Advertisement

Advertisement